दहचोकबाट जुवा खेल्ने ९ जना पक्राउ

274

चन्द्रागिरि, दहचोकबाट ९ जनालाई प्रहरीले जुवा खेलिरहेकाे अवस्थामा पक्राउ गरेकाे छ।

बिशेष सुचनाको आधारमा बलम्बु प्रहरी प्रभागद्वारा प्रहरी निरीक्षक(इन्सपेक्टर) शर्मिला गुरुङ्गको कमाण्डमा खटिएकाे प्रहरी टाेलीले चन्द्रागिरी नगरपालिका वडा नं. १ श्रीजनाचोक स्थित दयाराम गिरीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा काठमाण्डौ च.न.पा.१ दहचोक बस्ने बर्ष ३५ को दयाराम गिरी, साेही स्थानमा बर्ष ४४ को शुसिल गिरी, बर्ष ४० को भिमसेन गिरी, बर्ष ४० को राम गिरी, बर्ष ३५ को राजेश गिरी, बर्ष ४९ को रामहरी थापा, बर्ष ४६ को अन्जनी कुमार गिरी, बर्ष ४४ को लिला नाथ मिश्र र बर्ष ४३ को बिष्णु गिरी रहेका छन्।

जुवाखालबाट प्रहरीले ४६,२५० (छयालिस हजार दुई सय पचास मात्र) रुपैया बरामद गरेकाे बलम्बु प्रहरी प्रभागकी प्रमुख इन्सपेक्टर शर्मिला गुरुङ्गले बताइन्। पक्राउ परेका सबैलार्इ अावश्यक कारवाहीकाे लागि महानगरीय प्रहरी बृत्त थानकाेट पठाईएकाे बलम्बु प्रहरी प्रभागले जनाएकाे छ।