खानीपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरुङमार्ग आयोजनाकाे कार्यालयमा स्थानीयको तोडफोड

1533
nagdhunga tunnel
काठमाडौं । दहचोक–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले सोमबार तोडफोड गरेका छन्।

खानेपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयको तोडफोड गरेका हुन् ।दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए तर खानेपानीको व्यवस्था गरि दिने लिखित प्रतिबद्धतापछि आन्दोलन रोकिएको चन्द्रागिरि २ का समाज सेवी भाईकृष्ण तामाङले बताए । आक्रोशित स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गर्दा करिव १ दर्जन झयालका सिसाहरूमा फुटेका छन्।

‘स्थानीयको गुनासो सुरुङ मार्गका कारण खानेपानीको मुहान र खानी पानी व्यवस्थापन गर्ने भन्ने हाेे वडा अध्यक्ष सुर्खेतीले भने । उनलेे भने,”आयोजनाले खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धता गरेपनि पूरा नभएपछि आन्दोलन फरि गर्नु परेकाे छ ।” नागढुङ्गा सुरूङ्ग मार्ग प्रभावित सराेकार समन्वय समितका संयाेजक गाेपी सुर्खेतीले आयाेजनाले पटक पटक उठाएकाे माग कागजमै समित राखि सम्बाेधन नगरेकाेले कार्यालय परिसर घेराउ गर्ने अवस्था सृजना भएकाे बताए ।

nagdhunga tunnel