चन्द्रागिरिमा हिउँ खेल्न गएका दहचोकको ऋषिदेव एक सातापछि मृत फेला

5740
child death in chandragiri

रोशन दानी, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा हिउँ खेल्न गएका युवक एक सातापछि मृत अवस्थामा फेला परेका छन् । चन्द्रागिरि नगरपालिका–१ दहचोक बस्ने २५ वर्षीय दिपक ऋषिदेव पुस १५ मा हिउँ खेल्न जाँदा बेपत्ता भएका थिए । ऋषिदेव मोरङको रंगेली नगरपालिका–९ का स्थानीय हुन् ।

चन्द्रागिरि नगरपालिका–४ मा पर्ने सामुदायिक वनस्थित चित्लाङ भिरमा उनी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ । हिउँ खेलेर सबै परिवारसँगै फर्केको तर, विस्तारै आउँछु भनेका ऋषिदेव हराएका थिए । हिउँ खेल्दा उनले मापसे पनि गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भिरबाट डोरीको सहायताले निकालेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।