मच्छेगाउँमा चितुवाको आक्रमणबाट १ जना घाइते, चितुवा मच्छेगाउँमाथिको जंगलतर्फ भाग्यो

1500

चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँनजिकै चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । चितुवाको आक्रमणमा परी घाइते हुनेमा मच्छेगाउँका थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका छन् ।

थानकोट प्रहरी वृत्तका प्रमुख नारायण अधिकारी अनुसार तमाङले सञ्चालन गरेको कुखुरा फार्ममा चितुवा पसेर उहाँलाई आक्रमण गरेको हो । घाइते तामाङको उपचार भइरहेको छ ।

यसैगरी आक्रमण गर्ने चितुवासमेत घाइते भएको थियो भने कुखुराको खोरमा छिरेको चितुवालाइ नियन्त्रणमा लिन थानकोट प्रहरी वृत्त टोली, जिल्ला वन कार्यालयको टोली बिहीबार बिहानैबाट खटिएका थिए। तर, उक्त टोलीले चितुवालाई नियन्त्रणमा लिन असफल भए पछि चितुवा मच्छेगाउँमाथिको जंगलतर्फ भागेको थिए।