८ जुवाडे पक्राउ, झन्डै एक लाख बरामद

133

चन्द्रागिरि, ८ जनालाई प्रहरीले जुवा खेलिरहेकाे अवस्थामा पक्राउ गरेकाे छ।

बिशेष सुचनाको आधारमा बलम्बु प्रहरी प्रभागद्वारा प्रहरी निरीक्षक(इन्सपेक्टर) शर्मिला गुरुङ्गको कमाण्डमा खटिएकाे प्रहरी टाेलीले चन्द्रागिरी नगरपालिका वडा नं. ८ बाँझाचौर स्थित तुलाराज पाण्डेय को घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा काठमाण्डौ चन्द्रागिरी ८ बाँझाचौर बस्ने ३३ वर्षीय तुलाराज पाण्डेय, साेही स्थानमा ४२ वर्षीय शुक्र बहादुर कोसुवार, ४४ वर्षीय किशोर महर्जन रर ४१ वर्षीय कृष्ण खड्गी रहेका छन्।

त्यस्तै ४६ वर्षीय जयन्द्र रिजाल, ४७ वर्षीय दश बहादुर महर्जन,३९ वर्षीय शहदेव के.सी. र २९ वर्षीय भिम तामाङ रहेका छन्।

जुवाखालबाट प्रहरीले ९७ हजार रुपैया बरामद गरेकाे बलम्बु प्रहरी प्रभागकी प्रमुख इन्सपेक्टर शर्मिला गुरुङ्गले बताइन्। पक्राउ परेका सबैलार्इ अावश्यक कारवाहीकाे लागि महानगरीय प्रहरी बृत्त थानकाेट पठाईएकाे बलम्बु प्रहरी प्रभागले जनाएकाे छ।