को बन्ला नैकाप गोल्डकपमा सबैभन्दा बढि गोल गर्ने खेलाडी ?

चन्द्रागिरि ।

दोश्रो संस्करणको नैकाप गोल्डकपको उपाधी छिनोफानो बुधबार हुँदैछ । उपाधीका लागि कलंकी युनाइटेड क्लब र ढुङ्गेअड्डा युनेस्को क्लब भिड्नेछन् ।  चन्द्रागिरि नगरपालिका १४ नैकाप स्थित खेलमैदान हुने फाइनल विजेताले नगद रू. २ लाख २५ हजार प्राप्त गर्नेछ भने उपविजेताले १ लाख २५ हजार हात पार्नेछ । त्यस्तै उत्कृष्ठ खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ठ गोलरक्षकर उत्कृष्ठ प्रशिक्षकले जनही नगद रू १०-१० हजार प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित दुवै टोलीले १५-१५ हजार रूपैँया प्राप्त गर्नेछन् ।

१ खेल बाँकी रहँदा उच्च गोल्कर्ताको सुचीमा दुवै टोलीका ६ खेलाडीले उच्च गोल गर्नेको सुचीमा अाफुलार्इ पारेका छन् । जसअनुसार कलंकी युनाक्षटेडका सुमन लामाले व्यक्तिगत ७ गोल् गरेका छन् भने  ढुङ्गेअड्डा युनेस्कोका समिर कार्कीले ५ गोल गरेका छन्, डुङ्गेअड्डाकै रूजित पुडासैनीको पनि व्यक्तिगत ५ गोल् नै रहेको छ ।

Suman lama
Samir Karki
Rujit Pudasaini
Dinesh Karki
Raj Poudel