बाईट युथ क्लबद्वारा आयोजित प्रथम चन्द्रागिरी गोल्डकप -२०७४, पहिलो खेलमा फ्रेन्डस क्लबको जित

चन्द्रागिरि,
प्रथम चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिता  २०७४ आज बिशेस समारोह बीच उद्घाटन भएको थियो। सभाका सभापति चन्द्रागिरि न.पा. १४ का रामहरी बस्नेत को सभापतित्वमा र प्रमुख अतिथि खेलकुद मंत्री राजेन्द्र कुमार केशी लगायत अतिथि हरु चन्द्रागिरि नगरपालिका अन्य सदस्य तथा वडा अध्यक्ष को उपस्थित थियो । चन्द्रागिरि नगरपालिकाको मेयर घनश्याम गिरि द्वारा फूटबल हस्तारण गरि खेलको सुरुवात गरेको थियो।

प्रतियोगिताको आज भएको खेलमा  फ्रेन्डस क्लब, कुपोन्डोलले बाईट युथ क्लब नैकाप माथि ४:३ गोलको विजय प्राप्त गरेको थियो। बाईट युथ क्लब नैकापको स्थानीय स्तरको क्लब, छोटो समयको प्रशिक्षणमानै क्याप्टेन समिर कार्की को नेतृत्वमा ए डिभिजन फ्रेन्डस क्लब, कुपोन्डोल संग उत्कृस्ट प्रतिस्पर्द्धात्मक खेल खेलेको थियो।
यस संगै आज भएको खेलमा फ्रेन्डस क्लबको धिराज श्रेष्ठ म्यान ओफ डी म्याच घोसित भएको थियो।