दिनका दिन सडक दुर्घटना: सतुगंलमा बसले स्कुटरलाई ठक्कर दिदां एक जनाको मृत्यु

5717
accident

चन्द्रागिरि।

चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुगंलस्थित ओम समाज हस्पिटल नजिकै बसको ठक्करबाट स्कुटर सवारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ ।

सोमबार बिहान ग १ ख ८५७४ नं. को बसले बा-०२ ०३४ प  १२४२ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर सवार धादिङकी ४८ वर्षीय मेनुका इटनीको घटनास्थलमै मृत्यु भएको हो।

बसको ठक्करबाट सोही स्कुटर चालक मेनुका इटनीकी श्रीमान ५० वर्षीय रमेश इटनी गम्भीर घाइते भएको छन्।

गम्भीर घाइते रमेश इटनीको ट्रमा सेन्टर महांकालमा उपचार भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।