२ लाख २५ हजार बिजई पुरस्कार सहित नैकाप गोल्डकप २०७४ खुल्ला फुटबल प्रतियोगिता आज बाट

1167

चन्द्रागिरी स्पोर्टस् क्लबको आयोजनामा सोमबारदेखि नैकाप गोल्डकप २०७४ खुल्ला फुटबल प्रतियोगितासुरु भएको छ। ३२ टिम सहभागी रहको उक्त फुटबल प्रतियोगिता फुलपातीको दिनसम्म चल्ने आयोजकले जनाएको छ । नकआउट प्रणालीमा गरिने प्रतियोगिता नयाँ नैकाप, चन्द्रगिरी – १४ को फुटबल मैदानमा सुरु भएको हो। प्रतियोगिताको पुरस्कार राशी २ लाख २५ हजार रहेको छ भने उप-विजेताले रु. १ लाख २५ हजार र सेमिफाइनलिष्टले १५–१५ हजार प्राप्त गर्नेछन् । हरेक बर्ष आयोजना हुँदै आएको यस गोल्ड कप को पहिलो खेल प्रयासरत नेपाल र चन्द्रागिरी नगरपालिका – १५ ढुङ्गेअड्डा र युनेश्कोबीच हुनेछ ।
प्रतियोगिताको टाईसिट निम्न अनुसार रहेको छ