बिद्या मन्दिर मतदान केन्द्र नजिकै बम बिस्पोट

काठमाडौं क्षेत्र नम्बर ९ अन्तर्गत नैकाप बिद्या मन्दिर मतदान केन्द्र नजिकै बम बिस्पोट भएको छ। बम बिस्पोट पस्चात मतदानका लागि आएका सर्बसाधारण त्रसित बनेका छन। बम मतदान केन्द्र भन्दा केही मिटर माथि बासको झ्याङमा बिस्पोट भएको हो। बिस्पोट बाट मानबिय क्ष्यती भने भएको छैन। बिस्पोट पस्चात ठुलो धुवाको मुस्लो देखिएको थीयो। अहिले यस मतदान केन्द्र नजिक ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।