सरदको फूल झैँ सतुङ्गल क्षेत्रको शैक्षिक फूलबारीमा शोभा छरिरहेका एक सुवासित फूल : सरोज महर्जन

जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल काठमाडौँ जिल्लामा एउटा बेग्लै पहिचानका साथ शैक्षिक क्षेत्रमा योगदान दिन सफल विद्यालयको नाम हो । यस विद्यालयको यो पहिचानको सन्दर्भ कोट्याउँदै गर्दा एक कर्मठ व्यक्तित्वको नाम जोडिएन भने त्यो अपूर्ण बन्न पुग्छ । त्यो व्यक्तित्वको नाम हो, सरोज महर्जन । नाम अनुसारको काम गर्ने मानिस यो धर्तीमा सायदै होलान् । सरोज सरको नामको सार्थकता नै हो, उहाँ नाम अनुसारको काम गर्न सफल हुनुहुन्छ । चन्द्रागिरि नगर क्षेत्रको शैक्षिक आकाशमा जगमगाइ रहेको एक चमकिलो ताराको नाम हो, सरोज । यो भन्दा बढी केही हो भने सरोज सकारात्मक सोच, लगनशीलता र संघर्षको पर्याय हो ।

शिक्षा क्षेत्रमा लगभग २ दशक लामो योगदान दिई सक्नु भएका कर्मठ व्यक्तित्व सरोज महर्जनको जन्म वि.सं. २०३३ सालमा काठमाडौँको पश्चिम क्षेत्रको सतुङ्गल नामक गाउँमा (त्यतिबेला गाउँ अहिले शहर) मा भएको हो । उहाँ माता सक्कली महर्जन र पिता हरि महर्जनका पाँच सन्तान मध्य तेस्रो सन्तानका रूपमा जन्मिनु भएको हो । त्यतिबेलाको अर्धसहरी मध्यम वर्गीय किसान परिवारमा जन्मनुभएका उहाँको बाल्यकाल खेतबारीका काम र अध्ययन अध्यापनका रमाइलो पलहरू हुँदै बित्यो । सानैदेखि हरेक विषयवस्तुमा गहिरो जिज्ञासा राखी त्यसको चुरो पत्ता लगाएर छोड्ने स्वभावका महर्जनको आफ्नो जिम्मेवारीलाई सहज रुपमा सम्पन्न गरेरै छाड्ने बानी थियो ।

प्रारम्भिक शिक्षा घरनजिकैको विष्णुदेवी शिक्षा सदन मा.वि. बाट लिई उहाँले सोही विद्यालयबाट २०५० सालमा प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गर्नुभयो । उच्च शिक्षाका क्रममा उहाँले ताहाचलमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट आई. एस्सी. तथा घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पसबाट बी.एस्सी. उत्तीर्ण गर्नुभयो । लगनशील विद्यार्थीको पहिचान बनाउन सफल उहाँले वि.सं. २०६१ सालमा भूगर्भ विभाग, त्रिभुवन विश्वबिद्यालय किर्तिपुरबाट भूगर्भाचार्यको उपाधिलिनुभयो । उहाँले शिक्षा सम्बन्धी विभिन्न राष्ट्रिय तथाअन्तर्राष्ट्रिय कार्यशाला, गोष्ठी, तालिममा सहभातिगा जनाउँदै आफूलाई शिक्षा क्षेत्रमा परिपक्व बनाउँदै आउनु भएको छ । उहाँले औपचारिक शिक्षाका साथसाथै सूचना प्रविधि सम्बन्धी विभिन्न सरकारी तथा निजी संघ संस्थाबाट अनौपचारिक रुपमा विशेष दक्षता हासिल गर्नुभएको त । उहाँले प्राप्त गर्नुभएका सो ज्ञानको विद्यालयलमा सिर्जनात्मक प्रभावकारी प्रयोग गर्न सफलहुनु भएको छ ।

उहाँको परिचय यतिमा मात्र सिमित छैन । लामो समयदेखि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)मा आबद्ध रही काठमाडौँ जिल्ला सदस्यका रुपमादरिलो जिम्मेवारी सम्हानु भएका उहाँ हाल चन्द्रागिरि नगरपालिका नगर समितिको उपाध्यक्ष हुनुहुन्छ । उहाँले चाहे काठमाडौँ प्याब्सनमा रहेर होस्, चाहे हालै नवगठित नगरपालिकामा रहेर होस् एक इमान्दार, परिश्रमी, लगनशील र सकारात्मक सोचका धनी व्यक्तित्वको परिचय बनाउँदै शैक्षिक क्षेत्रमा योगदान दिँदै आउनु भएको छ । उहाँको यस व्यक्तित्वबाट धेरै शिक्षक तथा विद्यालय सञ्चालकहरु प्रभावित छन् ।

शैक्षिक क्षेत्रमा उहाँको आबद्धताले लगभग २ दशक छुनै आँट्यो । वि.सं. २०५७ सालमा स्नातक सकेर उहाँले जेसिज इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलमा प्रशासनिक कामबाट शैक्षिक क्षेत्रमा प्रवेश गर्नु भएको थियोे । जतिबेला जेसिज स्कुलको अवस्था कमजोर थियोे, त्यति बेला उक्त स्कुलमा १२६ जना बिद्यार्थी मात्रै थिए । उहाँले २ वर्षको छोटो समयमा विद्यार्थी संख्यामा उल्लेखनीय वृद्धि गर्दै २२६ पुर्याउनुभयो । विद्यालयमा विद्यार्थी संख्या बढाउन सक्नुमा उहाँ सहकर्मी साथीहरूलाई सम्झनुहुन्छ । “हामीविद्यालयमा जति पनि सफलता हासिल गर्न सफल छौँ त्यो सबै टिम वर्कको परिणाम हो । मेरो एक्लो कर्मले त के सम्भव हुन्थ्यो र !” उहाँ हाँसिहाँसी भन्नुहुन्छ । उहाँको यही दृष्टिकोणबाट प्रष्ट हुन्छ उहाँको व्यक्तित्व । हरेक कुरामा कृतज्ञ बन्ने, आफ्ना अग्रजहरुलाई अत्यन्तै श्रद्धा र आदर गर्ने तथा उहाँहरुबाट केही सिक्नका लागि सधैँ दत्तचित्त रहने, साथीभाइ तथा सहकर्मीसँग सधैँ मित्रवत् र आत्मीय व्यवहार गर्ने उहाँको व्यक्तित्व अलौकिक छ । उहाँको यो अनुकरणीय व्यक्तित्वबाट धेरैले धेरै कुरा सिक्न सक्छन् । जो केहीसँग पहिलो भेटबाटै आत्मीय र सुमधुर व्यवहार गर्ने सक्ने उहाँको प्रतिभा सबैका लागि अनुकरणीय छ ।

अध्ययनका लागि समय दिनुपर्ने भएकाले उहाँले २ वर्ष काम गरेर विद्यालय छोड्नुभयो र भूगर्भ विभागबाट स्नातकोत्तर पास गर्नुभयो । विज्ञान र सूचना प्रविधि गहिरो अभिरुचि भएका उहाँलाई शिक्षक बन्ने भित्री इच्छा त होइन तर जेसिस स्कुलको कमजोर अवस्थालाई सुधार गर्ने चुनौतीका कारण पुनः २०६२ मा प्रधानअध्यापकको जिम्मेवारी सुम्पियो । यसविचमै वहाँले २०६२ साल माघ १ गते श्रीपञ्चमीका दिन मिन्जु शोभा चित्रकारसँग विवाह गर्नुभयो । देश विदेशबाट विभिन्न अवसरहरु नआएका होइनन् तर जब उहाँ दत्तचित्त भएर शैक्षिक क्षेत्रमा सक्रिय भई ज्ञान बाँड्दै मानिसको जीवनज्योति उजिल्याउने काममा लाग्नुभयो तब सबै अवसरहरू निरस र तुच्छ लाग्न थाले । फलस्वरुप त्यही १२६ जना अध्ययन गर्ने विद्यालयलाई हाल उहाँले लगभग १०२६ जना विद्यार्थी अध्ययन गर्ने विद्यालय बनाउन सफल हुनुभयो । वहाँकी छोरी समृद्धि महर्जन कक्षा ३ मा सोही स्कूलमा अध्ययनरत छिन् । यसका साथै विद्यालयलाई स्थायीत्व प्रदान गर्नका लागि विद्यालयका नाममा ५ रोपनी जग्गासमेत जोड्न सफल हुनुभयो । यी सबै सफलताबाट समेत उहाँ सन्तुष्ट हुनुहुन्न । कारण अझै देशलाई आज नैतिकवान्, सभ्य, शिष्ट र सदाचारी नागरिक आवश्यक छ, त्यसको खाँचो हामीले महशुस गर्दै आएका छौँ तसर्थ विद्यालयलाई ज्ञान सिक्ने शिक्षालय मात्र नभई जीवन सिक्ने शिक्षालय बनाउनु पर्छ भन्ने लक्ष्यका साथ उहाँदिनरात लगनशील भएर खटिरहनु भएको छ ।

विद्यालयलाई अहिलेको अवस्थामा ल्याउनुमा उहाँकै कुशलर दुरदर्शी नेतृत्वको परिणाम हो भन्दा अत्युक्ति नहोला । आफ्ना संघर्षका पुराना दिनहरु सम्झँदै उहाँ भन्नुहुन्छ, “हामी यस क्षेत्रमा एउटा गुणस्तरीय शिक्षालय होस् भन्ने सोचका साथ दिनरात मेहनत गथ्र्याैँ । यही मिहिनेतका कारण आज हामी बालबालिकाको भविष्य सुनिश्चित गर्ने, विश्व परिवेशसँग प्रतिस्पर्धाग गर्न सक्षमतथा अभिभावकको सपनाको विद्यालय बनाउन सफल भएकाछौँ । अब यस क्षेत्रका अभिभावकहरुले राम्रो विद्यालयको खोजीका लागि अन्यत्र भौतारिनु पर्दैन ।”

उहाँको नेतृत्वमा विद्यालयले हालसम्म एस.एस.सी.मा सर्वोत्कृष्ट द्वितीय स्थानको शैक्षिक उपाधि सहित खेलकुदक्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय पदकहरु हात पार्न सफलभइसकेको छ । यहाँ अध्ययनरत विद्यार्थीहरु कोरिया तथा अस्ट्रेलियामा गई प्रभावपूर्ण खेल प्रर्दशन गर्दै आफूलाई अन्तर्राष्ट्रिय खेलाडी बनाउन सफल भइसकेका छन् । विद्यालयले कविता लेखन तथा वचान, कथा लेखन तथा वाचन, वादविवाद, वक्तृता, हाजिरी जवाफ, चित्रकला, नृत्य, गायन लगायत विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफलभएको छ । यी सबै सफलताको पछाडि प्रिन्सिपल सरोज महर्जनको कुशल व्यवस्थापन, नेतृत्व तथा बुद्धिमतापूर्ण निर्णय क्षमता नै मुख्य कारण बनेको छ ।

यो सबै काममा विद्यालय सञ्चालक समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठको प्रोत्साहन, मार्गदर्शन तथा नियमित सरसल्लाहको अग्रणी स्थान रहेको छ । साथै सहकर्मी शिक्षक तथाकर्मचारी, स्थानीय अभिभावक सबैको साथ सहयोग रहेको उहाँ बताउनुहुन्छ । वास्तवमै जेसिज स्कुलको भौतिक पूर्वाधार, विद्यार्थी संख्या र शैक्षिक गुणस्तर निर्माणका सङ्घर्षका दिनहरू सम्झदा निकै जटिल अवस्थाको सामना गर्दै आएको उहाँ बताउनुहुन्छ । उहाँ अतीतका दिनहरु सम्झनुहुन्छ, शिक्षकको तलब दिनै समस्या हुन्थ्यो, विद्यालयका कुनै नयाँ काम गरौँ पैसाकै समस्या साह्रै कहाली लाग्दो अवस्था थियो । आज त निकै सहज छ । अन्धकार रात्रीपछि सुनौलो विहानीको आगमन हुन्छ नै, कसैले रोक्न सक्दैन । उहाँ यस्तै आशावादी विचार र सोचकासाथ निरन्तर कर्मक्षेत्रमा लागिरहनु भएको छ । नव नव सफलताको खुड्किलाहरु चढ्दै हुनुुहुन्छ ।

विद्यार्थीलाई विश्वस्तरको ज्ञान दिँदै विश्व परिवेशमा प्रतिस्पर्धा गर्न सफल व्यक्तित्व बनाउनुपर्छ भन्ने सोचका धनी व्यक्तित्व सरोज महर्जनको सफलताको कारण उहाँमा अन्तर्निहीत लगनशीलता, संघर्षशीलता, सकारात्मक सोच तथा सत्यवादी जीवन दृष्टि हो । यिनै गुणका कारण उहाँ आज एक सफल शिक्षा सेवीका रुपमा परिचित हुनुहुन्छ । उहाँको जुझारु सोच, सकारात्मक कर्म तर्फ अभिमुख हुँदैछन् ।