जेसिस स्कुलको विजय र्याली : फोटो फिचर

कोरियाको मुजुमा सम्पन्न ११ अाैँ वर्ल्ड तेक्वान्दो कल्चरल एक्स्पो २०१७ मा पदक विजेता जेसिस इन्टरनेशनल बोर्डिंग सेकेण्डरी स्कुल (जिब्स), सतुंगलले सोमबार विजय र्याली निकालेको छ ।

सहभागी सबै ५ विद्यार्थीले प्रतियोगितामा पदक जितेका थिए । तेक्वान्दोको पुङ्से तर्फको खेलमा नवीन श्रेष्ठले स्वर्ण पदक प्रतीक श्रेष्ठले कास्य तथा प्रसुम तामाङ, उज्वल कटुवाल, अभिनव शाक्य तीनै जनाले १/१ रजत पदक जितेका थिए भने फाइटतर्फ पनि प्रतीक र उज्वलले स्वर्ण पदक तथा प्रसुमले कास्य र अभिनवले रजत पदक प्राप्त गरेका थिए । साथै विद्यार्थीहरुले कालो टोपी भादगाउँले मेरो …… बोलको गीत प्रदर्शन गरी तृतीय स्थान हासिल गर्दै १ लाख युआन पुरस्कार प्राप्त गरेका थिए ।

परमपरागत बाजा धिमे, बासुरी संगै विजेता टोली सहितको र्यालीमा चन्द्रागिरि नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष हरिभक्त महर्जन, विद्यालयका शिक्षक तथा कर्माचारी लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यालय प्राङ्गणबाट सुरू भएको र्याली नारायण वस्ती, सतुंगल गाउँ हुँदै सतुंगल पार्टी प्यालेसमा पुगेर समापन भएको थियो ।

तस्बिर :