चन्द्रागिरि नगरपालिकामा दमकल नहुदा लाखौं मुल्यकाे सामाग्री जलेर नष्ट ।

राेसन दानी २८ जेठ, काठमाडौं । राजधानीकाे चन्द्रागिरि नगरपालिका ६ चेकपोस्ट मा आगलागी हुँदा ६५ लाख बराबरको क्षति भएको छ । आगलागीमा परेर एल.के.डिकाेरमा रहेको सामग्री पूर्णरुपले जलेर नष्ट हुँदा रु करिव ६५ लाख बराबरको क्षति भएको एल.के.डिकाेरका चिरञ्जीवी ढकालले बताए । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेकाे छ । रामेश्वर मानन्धरकाे घरवाट सल्किएकाे अागाेले तीन घरमा क्षति पुगेकाे महानगरीय प्रहरी वृत्त थानकाेटका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले वताए । आगलागीलाई स्थानीयवासी नेपाल प्रहरी शशत्र प्रहरी,नेपाली सृनाले संयुक्त रुपमा नियन्त्रणमा लिएको सञ्चारकर्मी श्रीहरी थापालेे जानकारी दिए । कलंकी नागढुङ्गाकाे सडक जाम र वाटाे समस्याका कारण जुद्द्द वारूण यन्त्र अागाे नियन्त्रण प्रश्चात मात्र अाएकाे कारण धेरै जनधनकाे क्षति भएकाे कारण रुष्ट छन । चन्द्रगिरि जस्ताे सवेदशिल क्षेत्र त्यस माथी पनि नेपाल अायल निगम जस्तो संवेदनशील स्थानमा कुनै दमक तथा विपद व्यवस्थापन गर्ने सामाग्री उपलब्ध नभएकाे कारण पनि चन्द्रागिरि नगरपालीकामा कुनै विपद हुदा वर्षाैनी ठुलाे क्षति व्यहोर्नुपर्ने अवस्था प्रती स्थानिहरूले अाक्राेश पाेखेका हुन । नगरपालिकामा भएकाे विपद् व्यवस्थापन समिति भएर पनि सक्रिय रूपमा परिचालन तथा तालिमकाे अभाव देखिएकाे छ ।