थानकोट (शोणितपुर) महालक्ष्मी सिन्दुर जात्रा

चन्द्रागिरि,
सिन्दुर जात्रा
महालक्ष्मी, आदिनारयण, सिद्धि(इन्द्र) विनायक आदि देवदेबीद्वारा प्राचीनकालदेखि संरक्षित यस गाउमा चाडपर्व र मेलाजात्राको कमि छैन | कृष्णजात्रा होस् वा गाइजात्रा, टाउको लुकाउने जात्रा होस् वा खड्गजात्रा, जुनसुकै जात्रामा पनि ग्रामबासीहरु उतिकै उल्लासकासाथ भाग लिन्छन् र भोजभतेरमा मस्त हुन्छन्| अझ मह्व्त्पूर्ण र उल्लासमय बाताबरण सम्पन्न हुने प्राचिनतम जात्रा भने सिन्दुर जात्रा हो |
आराध्यदेबी महालक्ष्मीको भब्य मन्दिरको प्रांगणमा उल्लासकासाथ सम्पन्न गरिने यस सिन्दुर जात्रामा मुलत: महालक्ष्मी र गणेशलाइ छुताछुतै खटमा राखेर नचाउने गरिन्छ | त्यस जात्रामा थानकोटबासी र तिनका पाहुनाहरुको उल्लेखनीय उपस्तिथ रहन्छ| जात्रा हेर्न र भोज खान आफन्तलाई निम्त्युने प्रथा थानकोटबासीहरुको रुचीको बिषय नै हो|
कार्तिक मंसिरमा धानवाली भित्र्याईसकेर बर्स दिनको दख सुख बर्षाजाडो, हिलोहुरी सबै बिसिएर थानकोटबासीहरु यस जात्रा रमाउने गर्छन्| नरमाउने पनि किन! बर्स दिनको मेहनतको फल घर भित्र्याउने चानचुने कुरो पनि त हैन| त्यति बेला थानकोटसिंगै उल्लासमय बाताबरणमा फतक्क फ्केको हुन्छ| ‘थानकोटे जात्रा’ को नामले बहुप्रचलित यससिन्दुर जात्रालाई महालक्ष्मी जात्रा पनि भने प्रचलन छ| तर यो जात्रा महालक्ष्मीको मात्र नभएर नारायण, गणेस र भैरबको सामुहिक जात्रा पनि हो| यो जात्रा प्रत्यक बर्सको कार्तिक सुक्ल पक्षको
चतुर्दशी अर्थात् बैकुण्ठ चतुर्दशीको दिनदेखि सुरु भएर मङ्सिर कृष्णपक्षको प्रतिपदाको दिनमा सम्पन्न हुन्छ| तीनदिनसम्म चल्ने यस जात्राको नालीबेली यसरी उल्लेख गर्न सकिन्छ\
पहिलोदिन:
महालक्ष्मीको जात्रा गरिने धातुको मुर्ति गुतिका पालो पर्ने गुथियार्को घरबाट अपरान्हतिर ल्याएर मन्दिरमा स्थापित गरिन्छ| (स्मरण रहोस उक्त धातु मुति बर्सेनि गुठियार्को घरमा पालैपालो राख्ने प्रचलन छ|) बैकुण्ठ चतुद्रसिको राति महालक्ष्मी मन्दिरको प्राङ्गणमा होम गरेर देवदेबीलाइ आव्हान गरिन्छ| यसलाई नेवारीमा ‘हवं यायगु’ भनिन्छ| यो सत्रदुवा:हरुको हवं गुठि ( होम गुठी) द्वारा सम्पन गरिन्छ| आचाजु (कर्माचार्य थरका दीक्षित ब्यक्ति) द्वारा तान्त्रिक बिधिपुर्बक होम गरेइन्छ| यसरी होमद्वोरा देवदेबीको आव्हान नगरी सुरु हुदैन | होम गर्दा गुठीयार्हरुले राति बोका बलि दिएर समय्बजी खान्छन| यसो
गर्दा जात्रामा बिध्य्नाबाधा आउदैन भने जन्बिस्वास छ| यसै दिन जात्राको लागि रागो मारकाट गरिने हुदा छोयला भब्य (पोलेर साँधेको मासुको भोज) खाने प्रचलन छ|



jibss

दोस्रो दिन:
कार्तिक शुक्ल पुर्णिमा अर्थात् सखीमना पुनिको बिहानदेखि महालक्ष्मी, आदिनारयण, सिधिगनेस भैरवनाथ आदिको दिनभर पुजा आराधना गरिन्छ| ब्रत उपासना बस्ने गरिन्छ| कुनै कुनै धर्मावलम्बीहरु त पुर्णिमाको रातभरि आफ्नो जिउको विभिन् अंगमा दियो बालेर उपसाना र जाग्राम पनि बस्ने गरेको पाइन्छ| यस्तो कठीन उपासाना गरिनु पनि एक महत्वपूर्ण कडी हो| यो दिन जात्राको मु भयव हुन्छ|

तेस्रो तथा अन्तिम दिन:
मङ्सिर कृष्ण प्रतिपदा को झिसमिसेमै सिन्दुर जात्रा प्राम्भ हुन्छ| पुर्णिमाको बिहानीपख महालक्ष्मी विधिपुर्ब्क यज्ञादी पुजा गरि खतम विराजमान गराइन्छ| खतम विराजमान सिढी बिनाय्कको मुर्ति र महालक्ष्मी मुर्तिमा पुन: पुजा आरधना गरिन्छ| गुतियारहरु र गाउँका प्र्स्तिस्तिथ ब्यक्तिहरु तथा गाउँलेहरुका साथै पाहुनाहरु सखारै जमघट भैसकेको हुन्छन्| मनिदरमा प्राङ्गको पश्चिममपति रहिको पाटि मा अहिले सरकारी जुवा: अर्थात् नाएके वा पुजारीको रुपमा अधक्ष्यलगायत गाउँका गन्यमान्य, प्र्तिस्तिथ ब्यक्तिहरु तथा गुथियारहरु बस्ने गर्छन| पहिले जात्रा प्राम्भ गर्दाका बखत त्यहा राजा वा नगरका मुखिया द्वारे, भाइभारदार बस्ने गर्दा हुन्| जात्रुहरुको घुइचो संगसंगै सिन्द्रु जात्रा प्राम्भ हुन्छ|

सर्बप्रथम सिढी विनायकको खत आठजनाले बोकेर उठाइन्छ| त्यसपछि मात्र महालक्ष्मीको खत अरु आठजनाले बोक्छन र झय्ली,झ्याम्टा, धिमे, नाय्खी, का:, म्वाली(सहनाई) आदि बाजाको तालमा खतहरु नचाईन्छन| महर्जन थरका एकजना डमरु बजाउदै खत अमति अगाडीअगाडी कुदिरहेको हुन्छ| दुवै खाटको पछ्दीपति दुलो रंगीचगी छत्र ओडाएर घुमौदै एकएक जना खत संगसंगै लागिरहन्छ| भनिन्छ छत्र वोदाउनेले खतलाई नियन्त्रण गर्ने काम गर्दछ| छत्र ओदाउनका लागि पनि एउटा गुठीको व्यवस्था छ| त्यस गुठीमा नकर्मी र महर्जनहरु स्मिम्लित रहकोमा हाल नकर्मी मात्रै सहभागी रहिको बुझिन्छ| खत नाचौन्दा नाचौन्दै बेला बेलामा हुड्युदै पालेईपालो गणेस र महालक्ष्मी खत पाटीमा बसेको गन्यमान्यको अगाडि पुर्याई सिन्दुर थाप्ने गरिन्छ|

त्यतिबेला उल्लासकसाथ गुठियार तथा गन्यमान्यहरुद्वारा सिन्दुर छरेर देब्देबिद्वारा अभिपेक गर्दा बाताबरण रोचक र रमाइलो बन्छ |

यसरी पलैपालो ति दुवै खत घंताओघंताओ नाचौदै सिन्द्रुर जात्रा गरिन्छ| दुईतिन घन्टा सिन्दुर जात्राको क्रम चलेपछि खत हरु बिसाइनछन्| अनि भक्तजनहरुबाट पुजाअर्चना थानकोटबासीर्हरु आफ्ना इस्टमित्र, साथिभाइ आदिको आतिथ सत्कारतर्फ लाग्छन|

दिउँसो लाय्व, ताहाफल, बाकुन्नी, ल्ण्ठ आदि विभिन्न टोलमा दुवै खातहरु लगेर नाचौदै जात्रा क्रम जारि राखिएको हुन्छ| साझ पख खातहरु झ्यालमपातिको पश्चिम पति बद्रीनारायन् मन्दिरको पछाडि पुर्याइन्छ| त्यहा सरकारी पुजा सम्पन्न गरिन्छ| अनि कोटघर घुमौदै चाफलमा स्त्त्थापित ध्याम्पोरुपी भैरबलाइ परीक्रमा गरेर ध: त्वाय चिकेगु( देवता मित लगाउने) कार्य सम्पन गरिन्छ| त्यसपछि महालक्ष्मी र गणेशको खत नास: स्थानमा ल्याईइन्छ| त्यसको लगतै भैरबरुपी घ्य्म्पो पनि नस्लमै ल्याइन्छ| अनि गोपलिका दुइ कन्याको गोपाली गुठीमा रहेकको भैरबको मुर्ति अगाडी इही सम्पन गरिन्छ| मुलत: गोपलिहरुमा कन्याकेटिको इही: गर्ने प्रचलन देखिन| तर यस अवशरमा थानकोटका दुइ गोपाली कन्याहरुको इही पुजा गर्ने परम्परा भने अध्यावधि छ| गोपाली गुठीमा रहको भैरब मुर्ति अगाडि इही गरिने कन्याहरु भाग्यमानी मानिन्छन्|

महल्क्ष्मि, गणेश र भैरबको मिलन गरएर बेलुका आठ नो बजेतिर जात्रा सम्पन हुन्छ| यसरी देवदेवीको मेलमिलाप गराइने सिन्दुर जात्राले मान्वजातिमा पनि मेलमिलापको सन्देश दिन खोजिएको पाइन्छ|
सिन्दुर जात्रा थानकोटका लागि मात्र हैन देसको लागि पनि गौरोबमय बनेको छ| प्राचीनकालदेखि नै यो जात्रा चल्दै आएको भनाइ बुढापकको छ| कहिले देखी जात्रा सुरु भयो यो ठोकुवा हुन् सकेको छैन| मल्कालमा राजरर्जोताको अस्तित्व रहेको बेलामा सायद कुनै मल्ल राजाले थानकोटमा विजय हासिल गरेर जात्राको प्रथा चलाएको हुनसक्छ|
शोणितपुर हो प्राचिन गाउं पुस्तकबाट

तस्बिर: प्रकास गोपाली

Thankot (Shonitpur) Mahalakshmi Sindur Jatra Thankot (Shonitpur) Mahalakshmi Sindur Jatra Thankot (Shonitpur) Mahalakshmi Sindur Jatra

Thankot (Shonitpur) Mahalakshmi Sindur Jatra Thankot (Shonitpur) Mahalakshmi Sindur Jatra Thankot (Shonitpur) Mahalakshmi Sindur Jatra