चन्द्रागिरि १५ कार्यलयले निवर्तमान वडा अध्यक्ष उत्तम बहादुर राउतलाई बिदाई

1147

चन्द्रागिरि नगरपालिकाका वडा नं १५ कार्यलयले निवर्तमान चन्द्रागिरि वडा नं १५ का वडा अध्यक्ष, स्थानीय तह निर्वाचन २०७४ का चन्द्रागिरि नगर प्रमुख नेकपा एमालेका उम्मेदवार र उप बिजेता उत्तम बहादुर राउतलाई शुक्रबार एक कार्यक्रमका बीच बिदाइ गरेका छन् । सो क्रममा चन्द्रागिरि वडा नं १५ का कर्मचारीहरुले खादा तथा दोसल्ला ओढाइ निवर्तमान वडा अध्यक्षको सम्मान गरेका थिए ।

चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका घनश्याम गिरीले नेकपा एमालेका राउतलाई ८२४ मतले पछि पार्दै गिरीले पुनः नगर नेतृत्व गर्ने जनमत पाएका हुन् । सामाजिक सञ्जालमा हौसला दिएका केहि प्रतिक्रियाहरु :-