प्रधानमन्त्रीद्वारा राजिनामा

चन्द्रागिरि ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अाफ्नो पदबाट राजिनामा दिएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट जनताका नाममा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । बुधबार संसदमा सम्बोधन गर्ने कार्यक्रम भए पनि प्रतिपक्षको अवरोधका कारण सम्बोधन हुन सकेको थिएन । “दोश्रो चरणको स्थानीय निर्वाचन पनि यही सरकारले गराओस् भन्ने सबैप्रति म आभारी छु” प्रचण्डले भने, “तर मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने संकल्प गरेको छ ।”

“अतः नेपाली कांग्रेससँग भएको सम्झौता म अगाडि बढ्दै छु” उनले भने ।
“सत्ता छाड्नु पर्दाको पीडा, आक्रोश र छटपटको परम्परालाई तोड्दै आगामी दिनमा एउटा राजनीतिज्ञका रुपमा र एउटा नागरिकका रुपमा सधै मुलुक र जनताको उत्थानका रुपमा म प्रधानमन्त्री पदबाट राजीनामा दिँदै छु” उनले भने ।
उनले भने, “एउटा सफल प्रधानमन्त्रीका रुपमा बिदा लिन पाउँदा म आम नेपाली दिदी बहिनी हार्दिक आभार प्रकट गर्न चाहन्छु ।”