विष्णुदेवी मन्दिर सरसफाईमा विष्णुदेवी स्कुलका विद्यार्थीहरू

आइतबार विष्णुदेवी शिक्षा सदन माध्यमिक विद्यालय सतुंगलकका शिक्षक र कक्षा दशमाअध्ययनरत विद्यार्थीहरुको सहभागितामा विष्णु देवी मन्दिर परिसर र वरपर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई साँस्कृतिक सम्पदा र वातावरणिय सरसफाई सम्वन्धि अध्यापन गर्ने क्रममा सम्वन्धित कार्यक्षेत्रमा सहभागी गराई अध्ययन गराउन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको मूल उद्देश्य विद्यार्थीहरुलाई वातावरणिय सरसफाई प्रति सचेत बनाई वातावरणिय महत्व सम्बन्धी व्यावहारिक ज्ञान दिनु र प्रतिकात्मक रुपमा समाजमा सरसफाई प्रतिजागरण ल्याउनु भएको विद्यालयका प्रधानाध्यापक वसन्त राजखत्रीले जानकारी दिए ।