कोरानाका कारण दोस्रो व्यक्तिको मृत्यु

काठमाडौँ, जेठ ४ गते । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएको व्यक्तिमा कोरोना पोजिटिभ भेटिएसँगै नेपालमा काेराेनाभाइरसकाे सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । याे जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले दिनुभएको हो ।