श्री गणेश दाना उद्योगले ब्लड क्यान्सर पीडित ११ वर्षे मन्जित तामाङको उपचाराथ सहयोग ।

काठमाडौं –
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ का ब्लड क्यान्सरका बिरामी ११ वर्षीय मन्जित तामाङको उपचारका लागि श्री गणेश दाना उद्योगले ५० हजार मन्जितका बुवा भाईकुष्ण तामाङलाई हस्तान्तरण गरेका छन् । तामाङ्को घरमा गएर जनमोर्चाका नेता गणेश कुँवर, संचारकर्मी रोशन दानी र दाना व्यवसायी धर्मराज दानी,मनहरी वलामी,सुदिप पोखरेल,केशव केसीले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तानतरण कार्यक्रममा वोल्दै राष्ट्रिय जनमोर्चाका नेता गणेश कुवंरले समाजमा भएको पिडामा सवैले मलाम लागाउँन पर्ने वताउँदै सवैले सहयोग गर्ने अपिल समेत गरे ।११ बर्षको उमेरमा ब्लड क्यान्सरको सिकार भएका मन्जितको नेपालमा उपचार संभव नभएपछि सहयोगीहरुको आर्थिक सहयोगबाट केही दिनअघि भारतको मुम्बइस्थित टाटा अस्पतालमा भर्ना गरिएको छ । अस्पतालले पैसा बिना उपचार गर्न नमानेपछि परिवारले सहयोगको अपिल गरेका हुन् । श्री गणेश दाना उद्योगका सञ्चालक धर्मराज दानीले सवैले आफुले सकेको सहयोग गरेको खण्डमा पिडित तामाङको उपचारमा केहि भए पनि राहात मिल्ने वताए । पीडित भाइकृष्णले सहयोग गर्ने सहयोगी हातहरुलाई एनआइसी बैंकको खाता नम्बर ४७८७८७७३१५५२४००१ मा रकम जम्मा गरिदिन अपिल गरेका छन् । साथै निम्न ब्यक्ति मार्फत पनि सहयोग गर्न सकिने भन्दै सम्पर्क नंबर सार्वजनिक गरेका छन् ।

धुर्ब कडायत ९८५१०६३९७६
श्रवण सुवेदी ९८५१०९७२१९
मनोज घिमिरे ९८५१०६३९४६
कपिल सिग्देल ९८५११७०२४०
मनोज कुमार शर्मा ९८५११७०२४१