ए डिभिजन फुटवल प्रतियोगिता अन्तर्गत दोश्रो चन्द्रागिरि गोलकप आयोजना हुने ।

रोसन दानी,
दोश्रो चन्द्रागिरि गोलकप २०७६ ए डिभिजन फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । दीपशिखा युवा समुहको आयोजनामा राष्ट्रय ए डिभिजन फुटवल प्रतियोगिता आयोजना हुने भएको हो ।

दीपशिखा युवा समुहले चन्द्रगिरि पाटी प्यालेसमा एक समारोहको आयोजना गरि दोश्रो चन्द्रागिरि गोलकपका लागि छलफल चलाएको हो ।

छलफल कार्यक्रममा वोल्दै नेकपाका नेता तथा प्रतिनिधि सभा सांसद कृष्ण गोपाल श्रेष्ठले चन्द्रगिरि नगरपालिकामा ए डिभिजन जस्तो खेल हुन लागेकोमा खुशी व्यत्त गर्दे खेलकुदको माध्यम वाट चन्द्रगिरिको नाम राष्ट्रय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउँन मद्धत मिल्ने वताए । उनले समग्र खेल प्रेमीहरुलाई खेललाई सफल वनाउन सवैले हातेमालो गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा वोल्दै प्रदेश नम्वर ३ का सांसद केशव पोखरेलले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद महत्वपुर्ण पाटो रहेको औलाउदै खेलकुदको माध्यम वाट सम्रग राष्ट्रका नाम रहने हुदा चन्द्रागिरिमा आयोजना हुने दोश्रो चन्द्रागिरि गोलकप २०७६ लाई सफल वनाउँन साथ र सहयोग रहने वताए । त्यस्तै प्रदेश सदस्य रमा आले मगरले चन्द्रगिरिमा पछिल्लो समय सवै किसिमका खेलकुदको विकासमा सोचे अनुरुप परिवर्तन भईरहेको जानकारी गराउँदै आगामी दिनहरुमा खेलकुदलाई अझै सशक्त तवरवाट माथी उठाउनु पर्नेमा जोड दिईन ।

कार्यक्रममा वोल्दै प्रदेश सांसद बेली माया घलेले दोश्रो चन्द्रागिरि गोलकप २०७६ ए डिभिजन फुटवल प्रतियोगिताको सफलताको शुभकामना दिदै,राष्ट्र र राष्ट्रियतको नाम रोशन वनाउँने काम खेलकुदको माध्यवाट हुने हुदा सम्रग खेल र खेलाडीको प्रोत्साहान का लागि र चन्द्रगिरिको नाम खेलकुदको माध्यवाट चिनारी गराउने सवालमा यो प्रतियोगिता उत्कृष्ठ वनाईनु पर्ने धारण राखिन ।

चन्द्रगिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले दोश्रो चन्द्रागिरि गोलकप २०७६ नामैले प्रस्ट पारको जानकारी गराउँदै नैकापमा हुन लागेको उक्त प्रतियोगिताले सम्रग नगरको विकासमा कोशी ढुङगा सावित हुने वताए ।
दीपशिखा युवा समुहका अध्यक्ष रवि बुढाथोकीले दोश्रो चन्द्रागिरि गोलकप २०७६ ए डिभिजन फुटवल भव्य रुपमा सफल वनाउँन सवैले आआफ्नो स्थान वाट साथ र सहयोग गर्न आग्रह गरे ।

छलफल कार्यक्रममा चन्द्रगिरि नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष राजेन्द्र केसी, १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, वडा अध्यक्ष रामहरी वस्नेत, बालमुकुन्द विडारी, महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापा, महानगरी प्रहरी प्रभाग वलम्वुका प्रहरी निरिक्षक शंकर खड्का, उद्योग व्यवसायी,संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन समाज सेवी संजिव आचार्यले गरेका थिए । ए डिभिजन फुटवल प्रतियोगितामा पहिलो हुने टिमले नगद रु ६ लाख मेदल तथा शिल प्राप्त गर्ने छन भने उप विजेताले नगद ३ लाख सहित मेदल तथा शिल प्राप्त गर्ने आयोजनले वताएको छ ।