२ दशकपछि स्थानीय निर्वाचन, मतदाताको उत्साहजनक सहभागिता

चन्द्रागिरि ।

वि.सं. २०५४ सालपछि अाज पहिलो पटक स्थानीय निर्वाचन सुरू भएको छ । मतदाताहरू अा-अाफ्ना मतदान केन्द्रमा अाफुलार्इ मनपरेका उम्मेदवारलार्इ मत दिइरहेका छन् । चन्द्रागिरि नगरका १५ वडामा ४७ मतदान केन्द्रमा चुस्त सुरक्षाका बीच मतदाताहरूले मतदान गरिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १ जना तेश्रो लिंगिसहित चन्द्रागिरि नगरपालिकामा ३८८३६ मतदाताहरू रहेको निर्वाचन अधिकृत गणेश नायकलेचन्द्रागिरिन्यूजलार्इ जानकारी दिए । बिहान ७ बजेदेखी सुरू भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहनेछ यद्यपी मतदाता लाममा उभिएको भए ५ बजेपछि पनि मत खसाल्न पाइनेछ ।

तस्बिर