चन्द्रागिरिमा साइक्लिङ

चन्द्रागिरि, चन्द्रागिरि पर्यटन विकास समाजले चन्द्रागिरि नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्न शनिबार ‘राइड टु चन्द्रागिरि’ साइक्लिङ आयोजना गरेको छ । कार्यक्रममा २ सय ५० जना साइक्लिष्टले साइकल कुदाएका थिए ।

नैकाप फूटबल ग्राउण्डबाट नागढुँगा, थानकोट, केवलकार वेस क्याम्प, अरविन्द योग आश्रम, मातातिर्थ, बौंथली, मच्छेगाउँ, विष्णुदेवी, नयाँ नैकाप हुँदै फूटबल ग्राउण्डसम्म उनीहरुले २१ किलोमिटर साइकल यात्रा गरेका हुन् ।

साइक्लिङ कार्यक्रमको शुभारम्भ प्रदेश नं ३ की सभासद रमा आले मगर र चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले संयुक्त रुपमा गरेका थिए।

तस्बिर: नागरिक