चन्द्रागिरि ९ मच्छेगाउँ शान्ति वनमा झुण्डिएको अवस्थामा शव फेला
चन्द्रागिरि, काठमाडौं – चन्द्रागिरि नगरपालिका वडा नम्बर ९, मच्छेगाउँस्थित शान्ति वनमा एउटा शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ। स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार, बिहान उक्त घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरिएको हो। हाल प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको र थप अनुसन्धान सुरु गरिने जनाइएको छ। शवको पहिचान र घटनाको विस्तृत विवरण आउन बाँकी छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed