
चन्द्रागिरि, काठमाडौं – चन्द्रागिरि नगरपालिका वडा नम्बर ९, मच्छेगाउँस्थित शान्ति वनमा एउटा शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ। स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार, बिहान उक्त घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरिएको हो।
हाल प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको र थप अनुसन्धान सुरु गरिने जनाइएको छ। शवको पहिचान र घटनाको विस्तृत विवरण आउन बाँकी छ।





