
काठमाडौं: चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १३ लाई बालश्रम मुक्त वडा घोषणा गर्ने तयारीका साथ अभियान सुरु गरिएको छ। यसै अभियान अन्तर्गत बालश्रम अन्त्यका लागि एक अभिमुखीकरण कार्यक्रम आयोजना गरिने भएको छ।
वडा कार्यालयले जारी गरेको सूचना अनुसार, सो कार्यक्रम आगामी २०८२ भाद्र ९ गते बिहान ११ बजे वडा कार्यालय परिसर, पुरानो नैकापमा हुनेछ। कार्यक्रममा उपस्थित हुनका लागि वडाध्यक्ष श्रीकृष्ण खत्रीले सबै सरोकारवालाहरूलाई अनुरोध गरेका छन्।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू, वडा सल्लाहकारहरू, विभिन्न संघसंस्था तथा सहकारीका प्रतिनिधिहरू, विद्यालयका शिक्षक, मेलमिलापकर्ता, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरू, स्वास्थ्य स्वयंसेविकाहरू, बाल क्लबका अध्यक्ष, महिला समूहका अध्यक्ष, बुद्धिजीवी, समाजसेवी र आम नागरिकलाई आमन्त्रण गरिएको छ।
”ऐतिहासिक, सांस्कृतिक नगरी समृद्ध पर्यटकीय चन्द्रागिरि” को नारालाई आत्मसात गर्दै वडाले बालश्रम अन्त्यको यो महत्वपूर्ण अभियानलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको जनाएको छ। कार्यक्रमबारे थप जानकारीका लागि वडा कार्यालयको फोन नम्बर ०१-४३१०१८५ मा सम्पर्क गर्न सकिनेछ।





