
काठमाडौँ: चन्द्रागिरि नगरपालिका वडा नम्बर १ लाई औपचारिक रूपमा ‘बालश्रम मुक्त वडा’ घोषणा गरिएको छ। आइतबार (भदौ १५ गते) दहचोकमा आयोजित एक विशेष समारोहका बीच यो घोषणा गरिएको हो।
वडा कार्यालयको आयोजना र World Vision को सहयोगमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, अभिभावक र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। समारोहमा बालश्रम विरुद्ध जनचेतना फैलाउने उद्देश्यले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए।
यसै क्रममा, Richa Co-Educational Home का विद्यार्थीहरूले बालश्रम अन्त्य गर्नुपर्ने सन्देशसहितका गीत र नाटकहरू प्रस्तुत गर्दै सबैको ध्यान तानेका थिए। उनीहरूको प्रस्तुतिले बालअधिकारको महत्त्व र बालबालिकालाई शिक्षाबाट वञ्चित गर्न नहुने कुरामा जोड दिएको थियो।
यस घोषणासँगै चन्द्रागिरि नगरपालिकाले बालश्रम न्यूनीकरणका लागि गरेको प्रयासले महत्त्वपूर्ण सफलता पाएको मानिएको छ। यस अभियानले अन्य वडाहरूलाई पनि बालश्रम मुक्त बनाउन प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।






m





