
१८६औं विश्व फोटोग्राफी दिवसको अवसरमा चन्द्रागिरी नगरपालिका, थानकोटका उदीयमान सिनेमाटोग्राफर प्रकाश गोपालीलाई ब्राइट फ्युचर माविले विशेष सम्मान गरेको छ। २१ वर्षदेखि फोटोग्राफी पेशामा क्रियाशील रहेका गोपालीलाई विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका कारण मंगलबार एक विशेष समारोहबीच कदरपत्र प्रदान गरी सम्मान गरिएको हो।
अफ्रिकी मुलुक Mauritius का Society for Quality Circle अध्यक्ष Madhukar Narrain ले उक्त सम्मान प्रदान गरेका हुन्। कार्यक्रममा विद्यालयका अध्यक्ष मोहनकुमार कार्की, प्रधानाध्यापक दयाराम थापा, निर्देशक मोहित कार्कीलगायत शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो। गोपाली हाल विभिन्न चर्चित सिनेमाटोग्राफी परियोजनामा सक्रिय छन्, जसमध्ये भाइरल भएको हृदयेन्द्र शाहको जुम्ला भ्लग पनि एक उदाहरण हो।









