च.न.पा वडा नं ११ द्वारा एसईई तथा एसएलसीई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

चन्द्रागिरि नगरपालिका वडा नं ११, सतुंगल, काठमाडौंले राष्ट्रिय परीक्षा बोर्ड २०८१ सालको एसईई र एसएलसीई परीक्षामा सफल भएका वडा अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका साथै स्थायी बासिन्दा विद्यार्थीहरूलाई एक विशेष कार्यक्रममार्फत बधाईसहित सम्मान गरेको छ।

कार्यक्रममा वडा अध्यक्ष नरेन्द्र राज श्रेष्ठ लगायत वडा सदस्यहरू पार्वती विश्वकर्मा, डिल्लीराज गिरी र सिंहबहादुर महर्जनको उपस्थिति रहेको थियो।
उनीहरूले विद्यार्थीलाई भविष्यमा अझ उच्च सफलता प्राप्त गर्न प्रेरणासहित शुभकामना व्यक्त गरे।