वात्सल्य किड्स जोनले गत शनिबार चैत्र १४ गते अभिभावक दिवस मनाएको छ

संगम बस्ति, सतुङ्गल, च. न. पा. ११ स्थित वात्सल्य किड्स जोन विद्यालयले गत शनिबार चैत्र १४ गते अभिभावक दिवस मनाएको छ ।
सो अभिभावक दिवस, वडा अधक्ष्य श्री नरेन्द राज श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो । सो कार्यक्रममा विशिस्त अतिथिगण, च. न. पा. शिक्षा अधिकृत बुद्धि प्रसाद भट्ट, च. न. पा. का शिक्षा संयोजक तथा वडा बाल अधिकार समितिका संयोजक दिल्ली राज गिरि, ओम समाज डेन्टलका निर्देशक डा. सुभाष घिमिरे, ए.आइ स्कुलका प्रधानाध्यापक दीपक श्रेष्ठ लगायत विभिन्न क्षेत्रमा पारंगत व्यक्तिहरु विशेष अतिथिका रुपमा उपस्थित भएका थिए।
सो कार्यक्रममा बालबालिकाद्वारा प्रस्तुत क्रियाकलापहरु जस्तै विभिन्न वैदिक मन्त्र, हनुमान चालिसा प्रस्तुति, बालगीत, पियानिका वादन, अंग्रेजी, नेपाली ब्येक्तित्वकला, फेसन शो , तेक्वान्दो प्रस्तुतिका साथै स साना नानिबाबुहरुको उद्घोषणले अतिथिगण तथा अभिभावकहरु मन्त्रमुग्द भएका थिए ।
सो विद्यालयमा कक्षा देखि कक्षा १ सम्म संचालन भइरहेको र आगामी वर्षहरुमा अभिभावकहरुको सुझाब अनुसार कक्षा तीन सम्म विद्यालय संचालन गर्ने योजना रहेको विद्यालयकी अधक्ष्यक्ष पुनम भण्डारीले जानकारी दिइन।
यस विद्यालयमा नियमित त्वेक्व्वानदो, आर्ट, संगीत, नृत्यक कक्षाहरु सम्बन्धित विशेषज्ञहरुबाट संचालन लगायत ध्यान योगका कक्षाहरु समेत नियमित रुपमा भइरहेकोबारे विद्यालयकी प्रधानाध्यापक कामला बोहराले जानकारी दिइन।
साथै यस विद्यालयका वर्तमान तथा पुर्व अभिभावकहरुले वात्सल्य किड्स जोन विद्यालयमा संस्कारयुक्त शिक्षाका साथै आधुनिक पद्धतीबाट शिक्षा दिइएको र उनीहरु बाट पूर्ण रुपमा संतुस्त रहेको बताए।