चन्द्रागिरिको गुरजुधारामा टीभीएसको ‘एक्सचेन्ज मेनिया’ सुरु

चन्द्रागिरिमा टीभीएसको ‘एक्सचेन्ज मेनिया’ सुरु
​काठमाडौं, (२०८२ भाद्र ९ गते) – नेपालका लागि टीभीएस टु-ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले राजधानीमा ‘एक्सचेन्ज मेनिया’ कार्यक्रम सुरु गरेको छ। भाद्र ८ देखि १३ गतेसम्म गुरजुधाराको स्यानाे मन्दिर बर्गर हाउस नजिकै भइरहेको यो कार्यक्रममा ग्राहकहरूले आकर्षक सुविधाहरूका साथ आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साट्न सक्नेछन्।

​यो ‘एक्सचेन्ज मेनिया’ को सबैभन्दा ठूलो आकर्षणमध्ये एक हो, जहाँ गुड्ने वा नगुड्ने जुनसुकै अवस्थाको पुरानो बाइक वा स्कुटरलाई पनि न्यूनतम ३०,००० रुपैयाँ मूल्यांकन गरिने व्यवस्था मिलाइएको छ। नगद छुटतर्फ ग्राहकले ८,००० रुपैयाँसम्मको छुट पाउनेछन्।

​जगदम्बा मोटर्सले टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर, टीभीएस आईक्युब इलेक्ट्रिक, पनि प्रवर्द्धन गरिरहेको छ। यो स्कुटर २.९९ लाख रुपैयाँको सुरुवाती मूल्यमा उपलब्ध छ। यसको ब्याट्री, मोटर र एमसियुमा ५ वर्षको वारेन्टी रहेको छ। टीभीएस आईक्युब इलेक्ट्रिकले ० देखि ८० प्रतिशतसम्म चार्ज हुन केवल २ घण्टाको समय लगाउँछ, जसले यसलाई शहरी यात्रुहरूका लागि एक उत्तम विकल्प बनाएको छ।

​’फर्स्ट च्वाइस अटो, सतुङ्गल’ नामक आधिकारिक बिक्रेताको समन्वयमा भइरहेको यस कार्यक्रममा ग्राहकहरूले नागरिकताको भरमा आफ्नो सुविधाअनुसार फाइनान्स सेवा पनि लिन सक्नेछन्। यो कार्यक्रम टीभीएसका दुईपाङ्ग्रे सवारीसाधन मन पराउने र नयाँ मोडलमा अपग्रेड हुन चाहने ग्राहकका लागि निकै लाभदायक हुने कम्पनीको भनाइ छ।