चन्द्रागिरिमा श्रीकृष्ण–जात्राको अवसरमा १ भदौ सार्वजनिक विदा

चन्द्रागिरि नगरपालिका नगर कार्यपालिकाले यही २०८२ भदौ १ गते (शनिवार) श्रीकृष्ण–जात्राको अवसरमा नगरपालिका क्षेत्रका अधिकांश वडामा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको मिति २०८२ साउन २७ गतेको बैठकले कार्यालय तथा अन्तर्गतका निकाय र विद्यालयहरूमा अत्यावश्यक सेवाबाहेक अन्य सबै कार्य बन्द रहने व्यवस्था गर्ने निर्णय गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरद्वारा जारी सूचनामा ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका कारण यो विदा दिने निर्णय गरिएको उल्लेख छ।