
काठमाडौं: नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा चन्द्रागिरी ९, मच्छेगाउँमा राष्ट्रिय लाखे नाच प्रदर्शनी, सांस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ हुने भएको छ। मौलिक कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ यो कार्यक्रम आगामी २०८२ भाद्र १४ गते शनिबार भलिबल ग्राउण्डमा आयोजना गरिनेछ।
’आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा देशभरबाट लाखे नाचका कलाकारहरू सहभागी हुने छ। प्रदर्शनीका साथै सांस्कृतिक कार्यक्रम र सम्मान कार्यक्रम पनि सञ्चालन हुनेछ।
लाखे नाचमा सहभागी हुन चाहने इच्छुक समूह तथा व्यक्तिहरूका लागि २०८२ भाद्र १२ गतेसम्म दर्ताको समय तोकिएको छ। कार्यक्रमबारे थप जानकारीका लागि ९८४१४१४७१८, ९८४१६४९७५३ र ९८५१०७०५०२ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।






