
चन्द्रागिरि, काठमाडौं – चन्द्रागिरि नगरपालिका वडा नम्बर ९, मच्छेगाउँस्थित शान्ति वनमा आज बिहान रुखमा झुण्डिएको अवस्थामा फेला परेको शव १० दिनदेखि बेपत्ता सकेश महर्जनको रहेको पुष्टि भएको छ।
स्थानीय बासिन्दा र शान्ति वनमा काममा खटिएका मजदुरहरूले रुखमा मान्छे झुण्डिएको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना पाएसँगै घटनास्थल पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाउने क्रममा शवको पहिचान भएको हो।
बेपत्ता भएको लामो समयपछि सकेशको शव यसरी फेला पर्दा परिवारजन र स्थानीयवासीमा शोक छाएको छ। घटनाको प्रकृति हेर्दा आत्महत्याको आशंका गरिएको भए तापनि प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। विस्तृत अनुसन्धानपछि मात्रै घटनाको यथार्थ खुल्ने प्रहरीले बताएको छ।
चन्द्रागिरि ९ मच्छेगाउँ शान्ति वनमा झुण्डिएको अवस्थामा शव फेला





