किसानहरुद्वारा चन्द्रागिरि नगरपालिकामा ज्ञापन पत्र

पशु सेवा शाखामा चन्द्रागिरि नगरपालिकामा पशुपालन तथा पंक्षीपालनमा सक्रिय रहेर कृषि कर्म गर्दै आएका किसानहरु भेला भएका छन् । गाईभैसी पाल्ने किसानहरुको छुट्टै समूह, बाख्रा पालन गर्ने किसानहरुको छुट्टै समूह र कुखुरा पालन गर्ने किसानहरुको छुट्टै बनाएर आ–आफ्नो क्षेत्रको समस्या र यसको समाधानको लागि छलफल गरिएको उक्त कार्यक्रमबाट किसानहरुले निष्कर्ष निकालेर चन्द्रागिरि नगरपालिका समक्ष कृषि क्षेत्रको संरक्षण र बढोत्तरीको लागि नगरपालिकाको आगामी नीति तथा कार्यक्रममा संलग्न गरिनुपर्ने विषयहरुलाई सुझाव एवं मागको रुपमा तयार गरि सोही दिन चन्द्रागिरि नगरपालिकाका मेयर तथा उपमेयर समक्षा ज्ञापन पत्र बुझाइयो ।

कृषिमा ठूल ठूला नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तर कार्यक्रम किसानको गोठ/खोर र खेतबारीमा नपुगेको वर्तमान अवस्थामा यो कार्यक्रम आयोजना गरि ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको हो । ज्ञापन पत्र बुझाईसकेपछि सहभागी किसानहरु आफ्ना सुझाव समेटेर किसानहरुको न्यूनतम मागहरु सम्वोधन हुने आशा व्यक्त गरे ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका करिब ५० किसान प्रतिनिधि सहभागी भएका थिए भने पशु सेवा शाखाका प्रमुख बद्रीनाथ पौडेल तथा कृषि संजालको अध्यक्ष राजेन्द्र महर्जनको सहभागिता रहेको थियो । आशा छ किसानका लागि ल्याइने कार्यक्रम किसानको घर घर पुुगनेछ र कृषिको उत्थान र विकासमा चन्द्रागिरि नगरपालिकाले उदाहरणीय कार्य गर्नेछ ।