च.न.पा वडा नं १५ ले कोभिड १९ बिरुद्धको ASTRAZENICA (एस्ट्राजिनिका) खोप लगाउने

चन्द्रागिरि नगरपालिका वडा नं १५ ले कोभिड १९ बिरुद्धको ASTRAZENICA (एस्ट्राजिनिका) खोप लगाउने सार्वजनिक सुचना जारि गरेक छ।

च.न.पा १५  वडाध्यक्ष  उतम बहादुर राउत द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिकाको मिति २०७५।४।२२, च.न. ६३ को प्राप्त पत्रानुसार COVIDSHIELD (इण्डियन खोप) खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोश्रो मात्राको रुपमा ASTRAZENICA  (एस्ट्राजिनिका) खोप मिति २०७८।४।२५ गते देखि २०७८।४।२६ गते सम्म सचालन हुने भएकोले पहिलो मात्रा लगाएको खोप कार्ड, नागरिकता र फोन नं अनिवार्य साथमा ल्याउनु भई ASTRAZENICA  (एस्ट्राजिनिका) खोप लगाउन हुन जानकारी गराएको छ।

१. मिति : २०७८ श्रावण २५ गतेदेखि २०७०।४।२६ गतेसम्म
२. स्थान : चन्द्रागिरि न.पा.वडा नं १५ वडा कार्यालय भवन
३. समय : बिहान ११: ०० बजेदेखि ४:०० बजेसम्म

नोट : पहिलो मात्रा खोप लगाएको खोप कार्डको आधारमा