
चन्द्रागिरी, चन्द्रागिरी नगरपालिकास्थित कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान असार १५ गते आईतवारबाट सुरु भएको थियो । चन्द्रागिरी नगरपालिकाको समन्वय तथा चन्द्रागिरी नगरपालिका फोहोरमैला व्यवस्थापन समितिको आयोजनामा २० दिने सरसफाई अभियान सुरु भएको हो । अभियानको चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले उद्घाटन गरेका थिए साथै प्रमुख गिरीले चन्द्रागिरीलाई स्वच्छ हरावरा र धुलो मुक्त नगर बनाउने अभियान लागिपरिरहेने बताएका थिए।
आज भएको नौं दिन थानकोट स्तिथ सरसफाई अभियानमा नगर प्रमुख घनश्याम गिरी, च.न.पा वडा ३ का वडा अध्यक्ष्य दुर्गालाल महर्जन, च.न.पा वडा ४ का वडा अध्यक्ष्य कृष्ण पर्साद खड्गी, जेसीआइ थानकोट काठमाडौं, चन्द्रागिरी लायन्स क्लब अफ काठमाण्डौ , र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।