एक वर्षमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घट्यो

काठमाडौं- एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको नेपाल आयल निगमले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख वरावरको इन्धन आयात भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा मुलुकमा देखापरेको आर्थिक सङ्कटका कारण आर्थिक गतिविधि चलायमान नहुँदा पनि पेट्रोलियम पदार्थको आयातमा कमी भएको बताइएको छ ।

इन्धनको खपत कम हुँदा आयातमा कमी आएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो ।

विकास निर्माणका काम कम हुनु, विद्युतीय गाडीको प्रयोग बढ्दै गएको र भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो हुँदा गएको आर्थिक वर्षमा आयातमा कमी भएको उहाँले भनाई छ ।यस वीच हवाई इन्धनको आयात भने बढेको छ। इन्धन आयातबाट एक वर्षमा ९४ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ ।