कलंकीस्थित बल्खु खोलामा नवजात शिशुको शव फेला

1183
child death in chandragiri

चन्द्रागिरि। 

काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा आइतबार भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ।

बल्खु खोलामा नवजात शिशु (बालिका) को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले जानकारी दिए।

उनका अनुसार स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव कसले र किन फालेको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ।