सार्वजनिक सवारी साधनको भाडादर घट्यो (सूचीसहित)

काठमाडौं, साउन १ गते । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक यातायातको भाडा घटेको हो ।

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपियाँ घटेको थियो । यसैलाई आधार बनाएर विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।

यसैगरी, मालवाहक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ । घटेको भाडा आज (सोमबार) देखि नै लागू हुने विभागले जनाएको छ ।