गाईजात्रामा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा

300

सरकारले भदौ ७ गते गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भदौ ७ गते गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।

यसअघि गाईजात्राको दिन काठमाडौं उपत्यकामा मात्र सार्वजनिक बिदा हुँदै आएको थियो । सरकारले भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।