
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका ३ थानकोटस्थित पुण्योदय बहुउद्देश्यीय सहकारी संस्थाले एक कार्यक्रमका बीच वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
धादिङ जिल्ला थाक्रे गाँउपालिका स्थित संस्थाको करिब ३४ रोपनी खाली जग्गामा विभिन्न प्रजातिका २ सय बोट बिरूवा वृक्षारोपण गरिएको हो । कृषि क्षेत्रमा कार्य गर्ने अभिप्रायले स्थापित सहकारीले भविष्यमा पशुपालन, तरकारी खेती तथा कृषि क्षेत्रको विकास विस्तारका लागि तालिम कार्यक्रम, अभिमुखीकरण लगायतको अायोजना गर्ने संस्थाका अध्यक्षले सानुकाजी खड्गीले जानकारी दिए । वृक्षारोपणमा संस्थाका सदस्यहरू लगायत अन्य संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बासीको समेत सकृय उपस्थित रहेको थियो ।