थानकोट नाकामा दैनिक रुपमा एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने, नेपाल निर्माण व्यवसायी महासंघको चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघले आइतबार दोस्रो र तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो।निर्माण कार्य सम्पन्न गरे पनि सरकारले भुक्तानी नदिँदा व्यवसायीहरू आन्दोलनमा छन्।

नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणमा थानकोट नाका र भक्तपुरको साँगा मुख्य नाकाहरुमा आलो पालो गरी दैनिक रुपमा एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने चेतावनी दिएको छ।