
चन्द्रागिरि,
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक बाबुराम पोखरेलको नेतृत्वमा गएको टोलले सय विगाह बढी क्षेत्रफलको गाजा नष्ट गरेको हो ।
राजधानीको चन्दागिरि-४ पानीघाटस्थित सार्वजनिक तथा व्यत्तिगत जग्गामा रहेको गाजा नस्ट गरिएको महानगरीय प्रहरी वृत्तका प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए ।
करीव तीन टन गाजा नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पछिलो समय लागुऔषध नियन्त्रणमा विशेष अप्रेशन सञ्चालन गर्दै आइरहेको छ ।
प्रहरीले गाजा भएका स्थानमा विशेष अप्रेशन सञ्चालन गरी कारवाही अगाडि बढाउने जनाएको छ ।
गाजा खेती गर्ने र घर अगाडि पाईयमा कारभाही गरिने चेतावनी समेत दिएको निरिक्षक पोखरेलले जानकारी दिए ।