महानगरीय प्रहरी वृत्त थानकोटले भारी मात्रामा गाजा खेति नष्ट गरेको छ ।

चन्द्रागिरि,

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक बाबुराम पोखरेलको नेतृत्वमा गएको टोलले सय विगाह बढी क्षेत्रफलको गाजा नष्ट गरेको हो ।

राजधानीको चन्दागिरि-४ पानीघाटस्थित सार्वजनिक तथा व्यत्तिगत जग्गामा रहेको गाजा नस्ट गरिएको महानगरीय प्रहरी वृत्तका प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए ।

करीव तीन टन गाजा नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पछिलो समय लागुऔषध नियन्त्रणमा विशेष अप्रेशन सञ्चालन गर्दै आइरहेको छ ।

प्रहरीले गाजा भएका स्थानमा विशेष अप्रेशन सञ्चालन गरी कारवाही अगाडि बढाउने जनाएको छ ।

गाजा खेती गर्ने र घर अगाडि पाईयमा कारभाही गरिने चेतावनी समेत दिएको निरिक्षक पोखरेलले जानकारी दिए ।