चन्द्रागिरि नगरपालिका वडा न. ४ स्थित टेकानपुर महालक्ष्मीमा वृक्षारोपण सम्पन्न

287

चन्द्रागिरि नगरपालिका वडा न. ४ स्थित टेकानपुर महालक्ष्मी चौरमा जिल्ला बन कार्यालयको सहयोग तथा शाखा बन कार्यालय चेकपोस्टको विशेष समन्वयमा अग्रसर महिला समुहको आयोजनामा वृक्षारोपण कार्यक्रमसम्पन्न  भएको छ।तेजपात , धुपी , अमला , तिमुर , अम्बा लगायत विविध प्रजातिका १०० बोट रुख विरुवा रोपिएको छ ।

टेकानपुरका आदिवासी बलामी समुदायले संरक्षण गर्दै आइरहेको र सो समुदायको परम्परागत धार्मिक सास्कृतिक क्षेत्र समेत रहेको महालक्ष्मी चौरलाई आगामी दिनमा ग्रीनपार्कको रुपमा विकास गर्नुका साथै बालबालिका र वृद्धवृद्दाहरुको मनोरञ्जनात्मक स्थलको रुपमा निर्माण गर्ने उद्देश्य रहेको अग्रसर युवा समाजका सचिव ईश्वर बलामी तथा सो कार्यक्रमको व्यवस्थापन गर्नुभएका अग्रसर पुस्तकालय संचालक समितिका अध्यक्ष तिर्थराज बलामीले बताउनु भयो ।

औपचारिक कार्यक्रम सहित सन्चालन गरिएको सो वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि चनपा – ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गी , टेकानपुर सस्कृती संरक्षण समितिका पदाधिकारीहरु विभिन्न समाजसेवी , लब्ध प्रतिष्ठित व्यक्तित्वहरु , महिला समुहका प्रतिनिधिहरु तथा स्थानिय लगायतको उल्लेख्य सहभागिता रहेको अग्रसर महिला समुहका अध्यक्ष रन्जना बलामीले बताउनु भयो।