
चन्द्रागिरि ।
नेपाल विद्युत प्राधिकरणले थानकोट-चापागाउँ १३२ केभी प्रसारणलाइन निर्माण गर्ने भएको छ।
प्राधिकरणले उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजना अन्तर्गत चोभारमा निर्माण हुने चोभार सबस्टेसनका लागि थानकोट-चापाँगाउँ १३२ केभी लाइनलाई (लाइन इन लाइन आउट) भूमिगत प्रसारणलाइन मार्फत सबस्टेसन निर्माणस्थलसम्म ल्याउन लागेको हो।
यसका लागि किर्तीपुर-६ चोभारस्थित जग्गाहरु अधिग्रहण गर्न लागिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना सार्वजनिक गर्दै ५ जना व्यक्तिको नाममा रहेको निजी जग्गा अधिग्रहण गर्न लागेको हो।
२ रोपनी ४ आना ३ पैसा अधिग्रहण गर्न लागिएको छ। उक्त जग्गामा पर्ने घर, टहरा, बालीनाली तथा अन्य रुख तथा संरचनाहरु समेत अधिग्रहण गर्न लागिएको छ। १५ दिनभित्र सरोकारवाला व्यक्तिलाई रितपूर्वक निवेदन दिन आग्रह गरिएको छ।
प्राधिकरणले अहिले उपत्यकामा विद्युत माग बढेकाले त्यसलाई धान्ने गरि प्रणाली विकास गर्न लागेको छ। सन् २०५० सम्म ३००० मेगावाट पुग्ने अनुमान छ। उक्त मागलाई धान्ने गरि समग्र प्रणाली विकासको काम गरिरहेको छ।बिजमांडू