त्रिशूलीमा फाल हानेकी थानकोटकी महिलाको सकुशल उद्धार

नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुद्धसिङघाटस्थित त्रिशूली नदीमा मंगलबार हाम फालेर आत्महत्या प्रयास गरेकी महिलाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौं थानकोट घर बताउने ४५ वर्षीया महिला त्रिशूलीमा हाम फालेर करिब ३ सय मिटर बगाएपछि स्थानीय र प्रहरी चौकी तारुकाले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।

उनका अनुसार ती महिलालाई आफन्तको जिम्मा लगाइएको छ ।