
अग्रसर कृषक समूहको पहलमा चन्द्रागिरि नगरपालिकाभित्र पशुुपन्छी पालन, मौसमी तथा बेमौसमी तरकारी उत्पादन लगायत विभिन्न कृषि कर्म गर्दै आएका किसानहरु भेला भई कृषिका बहुआयामिक पक्षहरुमा छलफल गरि हाल किसानले भोग्दै आएका विभिन्न समस्याहरुकोे विषयमा गम्भीर छलफल गरि नेपाल सरकारले यसै आ.व. देखि लागु हुुने गरि कृषि तथा पशुपन्छी वीमाको अनुदान ७५% बाट ५०% मात्र कायम गरिएकोे विषयको विरोेध गर्दै सोे कोे खारेजी तथा शतप्रतिशत अनुुदानको व्यवस्था गर्न चन्द्रागिरि नगरपालिका मार्फत नेपाल सरकारसँग माग गर्दै किसानलाई पर्न गएकोे थप व्ययभार चन्द्रागिरि नगरपालिकाबाट भरपाई हुुनुपर्ने लगायत कृषि वजेट वृद्धि र नीति कार्यक्रम निर्माण तहमा किसानको सहभागिताको लागि अनुरोेधका साथ चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरि समक्ष ज्ञापन पत्र बुझाईयो ।
चन्द्रागिरि नगरपालिका पशुु सेवा शाखा प्रमुख वद्री पौडेल ज्यूकोे समेत उपस्थिति रहेको उक्त कार्यक्रममा नगरभित्र कृषि कर्म गर्दै आएका प्रतिनिधि किसानहरुको सहभागिता रहेकोे थियो । ज्ञापन पत्र बुुझ्दै नगरप्रमुख घनश्याम गिरीले समग्र कृषि र किसानकोे वर्तमान अवस्थाका बारेमा केहि मन्तव्य राख्नुुहुँदै यथाशिघ्र किसानहरुको माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्न भएको थियो।
वर्षेनी ५० अर्वकोे चामल किन्ने कृषि प्रधान देश नेपालका किसानहरुले माग राख्नुु पर्ने दिनको अन्त्य होस् र चन्द्रागिरि नगरपालिकाले किसानहरुप्रति आत्मीयता कृषि र किसानकोे समग्र विकासकोे लागि उदाहरणीय निणर्य दिएर कार्यान्वयनमा ल्रैजाओस्् । शुुभकामना- जय कृषि जय किसान