देव्यानी -3

घामको पहिलो किरण घरको मटन हुँदै मेरा निधारमा ठोकिए,मेरा निन्द घामका किरण सङ्गै परावर्तन भए, आखां मिच्दै म उठे, सास गनाए जस्तो भयो,
सोचे ” मन भित्रका सबै आश मरे पछी सास त! गनाई हाल्छ नि ”
फेरी दुखेको टाउकोले याद दिलायो हिजो अलि बढी पिएछु, अलिक बढिनै
ठुली आमाले बनाएको तातो चियाले शरिर हल्का बनायो साथै मेरा बिहानि उज्यालो ।
त्यतिकैमा ठुल-बाबा कराउदै आइ पुग्नु भयो
ठुल-बाबा: छीटो तयार हु, त्या श्रेष्ठको छोरीलाई बजार सम्म छोडेर आइजो (श्रेष्ठ अर्थत कृष्ण श्रेष्ठ ठुल-बा, गाउँकै सबैले मान्ने, बुद्धिजिवि,बोली अली ट-ट-म-ट भए पनी मनको एकदम सिधा, मेरो बाबाको एकदम मिल्ने साथी,बल्यकालको साथी, उहांहरुको मित्रताको डाढ नगर्ने सायद कोइ होलन् यो गाउँमा, परी आए, एक्-अर्काको लागि ज्यान नै दिने,
छोरा पाउने आशमा बुढाले ५-६ जना छोरीको पल्टन खडा गरेका थीए, घर हेर्दा सानो प्राथमिक स्कुल जस्तै लाग्ने )
म : ठुल-बा को कुन्चै छोरी फेरी ? ? किन बजार जान पर्ने नि ? ? एक छिन आरम गर्न दिनुन्, भखर त उठेको
ठुल-बाबा : साईली छोरी क्या, स्याङ्ग्जाको मामाघरमा बस्छे नि,अस्ती बिहेको लागि आकि, आज फर्कदै छे, गाडी छुट्छ बरु चाडै लग्दे
म : ह्या…को यो फेरी?? म चिन्दिन्, भाई लाई पठाउनु न
ठुल-बा : हैन, कती अटेरी भाको यो । तल तयार भएर बसी राकी छे । नाम नि के पो भन्थी होऊ, देव्यानी हो क्यार ।



jibss

देव्यानी ? ? म अकमक्क परे, मटनबाट आखाँ आगनतिर लगे,रातो कुर्था, सेतो सल अनि सनो ब्याग बोकी उनि हतासमा देखिन्थिइन
म : उनि नै पो हुन देव्यानी ? ?
ठुल-बा: अगि भनेको होईन तलाई, कती भन्नु पर्ने, बरु चाडो तयार हु, बिचरी कुरी राकी छे
म : मुस्कुराउदै, मनमनै सोचे ” कृष्ण ठुल-बाको पो छोरी ? ?, गोरु बेचेको साइनो नि पर्दैन नि,आफु रसाईली उनि श्रेष्ठ, के को बहिनि ??दिदीले विनासित्ति नाता जोडेर नी मनै मारदिनु भयो,दिदीको अनुसार त! गाउँका सब दिदी बहीनी,धन्न भाग्यमानी म”
जिन्दगीको पहिलो चोटी कोही आफ्नो होईन भन्दा, म निकै खुशी थिए
पन्चेबाजा बजाएर नाचम झै,
कालो चस्मा कालै जिन्स पैन्ट, सेतो टि-सर्ट,सेतो नाइक जुत्ता अनि एेनामा काइयोले जुल्फी मिलाउदै मुस्कुराए म “HANDSOME दाई ”
तल आइ उनलाई एकोहोरो हेरीरहे
उनी : जाने होईन ?? ढिला भैसक्यो ( मेरा ध्यान भङ भयो)
म : उम्म जाने हो, आउनुस (भाईको बाईक स्टार्ट गरे)
उनी आइ बसिन बाईकको अलि पछाडि, मनमा खिन्नाता छायो, खल्टा खुल्टी बाटोले कैहीलेकाही उन्लाई मेरो समिप लेराउथियो, उनका स्पर्शले मनमा अनौठो कम्पन फैलायो, म पूर्ण रुपमा माधहोस भए
खल्टा खुल्टी न पुरेको मा, ढिला काम गर्ने नेपाल सरकारलाई मनले सम्मन गरे,
उनको शरिरको महक मलाई केन्द्र बिन्दु बनाइ मेरा वरिपरी नाच्न थाले ।बाईकको लूकिङ ग्लास मिलाई उनिलाई हेरे, बिना श्रीङ्गार पनि उनका गाला स्याउ जस्तै राता थिए, हावाले फिजाएका ति केशमा म कैद हुँदै गरेको भान हुँदै थियो,बस उनलाई निखार्न त्यो गाजल्ले कुनै कसर रखेन छ ।
उनि : अलि चाडो गर्नुस न , ढिला हुन्छ फेरि (उनको बोली फुर्यो)
म : (झ्सँग भए), खास कता जाने होर तपाई? ? (अनविग्यता प्रकट गरे)
उनी : वालिङ हो ,स्याङ्जा जिल्ला, थाहा छ हजुर लाई ? ? (निदार तन्काउदै उनी बोलीन)
म : गाको त छैन , नाम सुनेको छु , साच्ची किन नि त्यती टाढा बसेको ? ? (कुरा लुराऊदै सोधे)
उनी :मामाघर हो, सानै देखी पढ्न बसेको (मनका कुरा मेरा अघि फैलाइन)
म : स्याङ्जाको हावापानि एकदम राम्रो छ हो ? ? (वेबकुफ मेरा प्रश्न)
उनी : उम्म्, किन ? ? (उत्सुकता उनमा थपीयो)
म : अर्को चोटी आउँदा एक बोतल स्याङ्जाको पानी लेराउनु है (मेरा अनुरोध)
उनि: हाहा, किन र ? ? भन्नुस न ( उनका हात मेरा काधमा आए)
म : मलाई नि तपाईं जस्तै राम्रो बन्न मन लाग्यो नि (म मुस्कुराए)
उनी : त्यो त हेर्ने आखाँमा भर पर्छ नि, त्यो कालो चस्मा खोलेर हेर्नुस्, तर्सनु हुन्छ ( उनमा हासोको फोहोरा उठ्यो)
म : हुन्न चस्मा खोल्न त, आखा डेढो छ
उनी : त्यै भएर राम्रो देख्नु भाको होला । ( उनको हासो झन ठुलो भयो )
कुरा गर्दै जादा हामी बजार पुगेको पत्तै भएन,
बजार पुग्न साथ उनिको गाडी आइ पुगयो, मिठो हसो सहित मलाई धन्यवाद दिदै उनि गाडीमा चढिन्,झ्यालको सिटबाट उनले मलाई हात हल्लाउदै बिदा मागिन ,मुस्कानको साथ्
छुटिदानी कसरी खुशी थिईन उनि मैले बुझ्न सकिन, ठीक बिपतित मेरो मनमा कालो तुवालो छायो,
उनको गाडी अगि बढयो उनलाई लिइ, मेरा प्रेमको कोपिला चुढाइ,मेरो मन बिच दोबाटोमा छताछुल्ल पारी । म एकटक टाढा बढी रहेको गाडी हेरी बसी रहे
मनम डर पस्यो, कतै उनि पनि यो गाडी जस्तै म बाट बिलिन हुने त होईन ? ?
खिन्न मन लीइ म घर फर्किए