
काठमाडौं। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको पहिलो डोज खोपका लागि स्वेच्छिक आवेदन फारम भर्न आग्रह गरेको छ।
हालसम्म कोभिड-१९ विरुद्धको खोप नलगाएका १८ वर्षदेखि माथिका व्यक्तिहरुलाई फारम भर्न मन्त्रालयले आग्रह गरेको हो। फारम भर्ने वित्तिकै खोप लगाउने सुनिश्चितता भने नहुने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले नागरिकहरुले कुन केन्द्रमा खोप लगाउन चाहेको, आवेदनबाट प्राप्त हुने विवरण पालिकास्तरमा खोपसँग सम्बन्धित योजना तर्जुमा तथा संकट व्यवस्थापन गर्न प्रयोग गरिने जनाएको छ।
मन्त्रालयले https://vaccine.mohp.gov.np/ वेबसाइटमा गएर आवेदन फारम भर्न अनुरोध गरेको छ।
पूर्व दर्ता गर्नको लागि यहाँ क्लिक गर्नुहोस |
You must be logged in to post a comment.